कास्कीमा एमाले नेपाल समूहद्वारा समानान्तर कमिटी घोषणा,अध्यक्षमा आचार्य,सचिव नेपाली

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव कुमार नेपाल पक्षले कास्कीमा समानान्तर कमिटीको घोषणा गरेको छ ।

नेता नेपालको प्रमुख आतिथ्यतामा आज सम्पन्न सो पक्षको भेलाले धनराज आचार्य अध्यक्ष र होमबहादुर नेपाली सचिव रहेको ७५ सदस्यीय समानान्तर जिल्ला कमिटी कमिटी गठन गरेको हो । कमिटीका सदस्यहरुको नामपछि सार्वजनिक गरिने बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्वन गरेपछि वरिष्ठ नेता नेपाल पोखरा आएर  आफू पक्षिय भेला आयोजना गरी समानान्तर कमिटी घोषणा गर्नुभएको हो ।

Comments
Loading...