पत्रकार महासंघ कास्कीमा भण्डारी निर्वाचित, कोषाध्यक्षमा दवाडी

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी निर्वाचित हुनुभएको छ । शाखाको बुधबार सम्पन्न निर्वाचनको आज घोषणा गरिएको मतपरिणाम अनुसार प्रेस युनियन–प्रेस संगठन प्यानलका उम्मेदवार भण्डारीले प्रेस चौतारीका तर्फबाट उम्मेदवार बन्नुभएका केशवशरण लामिछानेलाई ५३ मतान्तरले पराजित गर्नुभएको हो । भण्डारीले १७४ मत प्राप्त गर्दा लामिछानेले १२१ मत पाउनुभयो ।

यसैगरी हिमाली आवाज साप्ताहिकका सम्पादक तथा अनलाइन संस्करणका सञ्चालक रहनुभएका कृष्ण दवाडी कोषाध्यक्ष पदमा निर्वाचित हुनुभयो । दवाडीले १७७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एकराज गिरीले ११३ मत प्राप्त गर्नुभएको छ । उहाँ बर्तमान कार्यसमितिमा सदस्य हुनुहुन्थ्यो ।
यसैगरी महासंघको  खुल्ला उपाध्यक्षमा अर्जुन गिरीलाई पराजित गर्दै रामप्रसाद तिमिल्सिना बिजयी हुनुभयो । तिमिल्सिनाले १७४ र गिरीले १२२ मत पाउनुभयो

महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा विजयी हुनुभयो । जमुनाले १५१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रविना आलले १४३ मत पाउनुभयो । सचिवमा माधव बराल विजयी हुुनुभयो । बरालले १५५ र दीपक परियालले १४१ मत प्राप्त गर्नुभयोे ।

सहसचिव खुलमा श्रीराम सिग्देल १७७ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमवि आस्थाले ११५ प्राप्त गर्नुभएको छ । सहसचिव समावेशीमा रेम विकले १६८ मत सहित विजयी हुँदा दीपक के श्रेष्ठले १२४ मत पाउनु भएको छ ।

यसैगरी महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली,जनजातिमा पदम श्रेष्ठ र समावेशी सदस्यमा जैनव खातुन विजयी हुनुभयो ।
खुला सदस्यहरुमा धन बहादुर गुरूङ, शिवराज बस्ताकोटी,कञ्चन थापा, गीता राना मगर ,प्रभु अधिकारी, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरूङ र हरि पन्त विजयी हुुनुभएको निर्वाचन समितिले जनाएको छ ।

Comments
Loading...