इन्द्रेणी विकास केन्द्रबाट आमा समूहलाई नेतृत्व विकास र कानूनी साक्षरता तालीम

हिमाली आवाज । पोखरामा रहेको पुरानो सामाजिक सस्था इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा पोखरा रहेका आमा समुहका लागि नेतृत्व विकास तथा कानूनी साक्षरता तालीम सम्पन्न भएको छ ।

संविधान सभा सदस्य एवम् प्रतिनिधि सभा सदस्य दुर्गा कुमारी बि.क.ले  महिलाहरू आफ्नो अधिकारको लागि लडिरहनु पर्ने समयको अन्त्य भएकाले अब प्राप्त उपलव्धीहरु कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङले तालिमले महिलाहरुमा समाजिक कार्यमा लाग्ने उत्प्रेरणा आउने बताउँदै सीप र क्षमता विकासका कार्यक्रममा आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।तालीममा विकल शेरचन ,उषा मल्ल सिह,बिका शर्मा ,कृष्ण कुमारी भुजेलले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागी कल्पना बास्तोला ,गीता अधिकारी ,राधा बराल अधिकारी लगायतले विगतका तुलनामा सिकाई उपलब्धीमूलक रहेको धारणा राख्नुभयो ।

सस्थाका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा तालीम सयोजक बिना शर्मा, सदस्य बसन्त बास्तोला, राजेन्द्र रमण पराजुली ,बरुण बिक्रम राणा ,रुद्र सुवेदी, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । पोखरामा रहेका २५ आमा समूहबाट ५० जना तालिममा सहभागी रहनुभएको थियो ।

Comments
Loading...