अग्रसर दिदीबहिनीको शुभकामना आदानप्रदान

हिमाली आवाज । अग्रसर दिदी बहिनी समूह पोखरा ६ बैदामको आयोजनामा आउदै गरेको नयाँबर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

आउँदै गरेको नयाँबर्षले प्रत्येक नेपालीको घरदैलोमा नयाँ उमङ्घ सहित खुःशीयाली प्राप्त होस् भन्ने कामना सहित एकापसमा शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संरक्षक तथा पर्यटन ब्यबसायी प्रभा पौडेल सुवेदीले सबै नेपालीमा नयाँ वर्षले हर्ष उल्लास ल्याउन सफल होस् भन्ने कामना सहित नयाँबर्ष मनाउदा स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर मनाउन आग्रह गर्नुभयो ।

समूहका अध्यक्ष शान्ति पहारीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक तारा तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष दृष्टि पौडेल, उपाध्यक्ष शान्ता तिमिल्सिना, सचिब विनिता बराल सहसचिब लिला तिमिल्सिना, कोषाध्यक्ष शारदा लम्साल सहकोषाअध्यक्ष संगिता पहारी र सदस्यहरु जया तिवारी ,जयन्ती आचार्य, चन्द्रकला पहारी र शोभा जलारी लगायतका बक्ताहरुले नयाँबर्षले प्रत्येक नेपालीहरुको ओठमा नयाँ मुस्कानको कामना गर्दैै विश्वमा फैलिरहेको कोरोना भाइरसबाट विश्वले छिटै मुक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको थियो ।

Comments
Loading...