‘मेयर साइकल दौड’मा वालिङका मेयर खाँड पहिलो,माछापुच्छ्रेका अध्यक्ष गुरुङ तृतीय

हिमाली आवाज । पोखरामा सम्पन्न ‘मेयर साइकल दौड’ प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलिपविक्रम खाँडले प्रथम स्थान हासिल गर्नुभएको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा नयाँ वर्ष विसं २०७८ को अवसरमा आज आयोजनामा हल्लनचोकबाट शुरु भएको चार किमी निर्धारित दौडको दूरी १५ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै खाँडले उपाधि सहित १० तोलाको चाँदीको पदक जित्न सफल हुनुभयोे ।

यसैगरी हुम्ला जिल्लाको नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले निर्धारित दूरी १५ मिनेट ८८ सेकेण्डमा पार गरी द्धितीय हुनुभयो ।
यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गरी तृतीय बन्न सफल हुनुभयो ।
द्धितीय र तृतीयले क्रमशः आठ र सात तोलाको चाँदीको पदक पुरस्कार प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई महानगर प्रमुख मानबहादुर जिसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

हल्लनचोकबाट शुरु भएको दौड बाराहीचोक–राष्ट्रबैंक–सृजनाचोक–सभागृहचोक हुदैं सभागृह हल परिसरमा पुगेर समापन गरिएको थियो ।
बढ्दो सवारी साधनको चापले निम्त्याउने प्रदुषण न्यूनीकरणका लागि साइकल चढ्न अभिप्रेरित गर्ने उद्धेश्यले महानगरले स्थानीय तहका प्रमुखहरुलाई आमन्त्रण गरेर सो दौड प्रतियोगिता आयोजना गरिएको प्रमुख जिसीले बताउनुभयो ।

महानगरले जिल्ला साइक्लिङ सङ्घ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घसँगको सहकार्यमा ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’को नारासहित आयोजना गरेको दौडमा नौ जनाले सहभागिता जनाएका थिए ।

महानगरले दौडको अवसरमा गत वर्र्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूद(साग)मा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल)तर्र्फ रजत पदक विजेता पोेखरेली खेलाडी जमूना थापालाई नगद रु एक लाख सहित सम्मान गरिएको साइकल दौडका संयोजक एवं वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो ।

Comments
Loading...