पर्वतारोहण संघ गण्डकीको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

हिमाली आवाज । पर्वतीय पर्यटनको विकास तथा प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपालको जेठो संस्था नेपाल पर्वतारोहण संघको गण्डकी प्रदेश शाखाले नवबर्ष २०७८ को पावन अबसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डरको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्य तथा संस्थाका पुर्व अध्यक्ष जीवनराज सापकोटा, सगरमाथा आरोही तथा नोल्सका प्रशिक्षक जगन तिमिल्सिना, प्रदेश कार्यसमितिका सदस्यहरु, वरिष्ठ पर्यटन ब्यबसायी श्री नवराज पहारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यौपानेले क्यालेन्डर प्रकाशनले सदस्यहरुबीच भाइचारा तथा आत्मियता समेत बढ्ने बताउँदै यस क्षेत्रका हिउँ चुचुरोहरु र पर्वतीय गतिविधिहरु प्रचारमा आउने बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सुन्दर तस्वीर, संग्रहालय परिसरमा रहेको बोल्डरिङ्ग वालको तस्वीर समेत क्यालेन्डरमा समेटिएकोमा उहाँले खुःशी व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष शेष कान्त शर्माले सबैको साथ र सहयोगबाट संस्थाले रचनात्मक कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धा व्यक्त गर्नुभयो ।

Comments
Loading...