गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध आज अविश्वासको प्रश्ताव दर्ता हुने

हिमाली आवाज । गण्डकी प्रदेश सरकार परिर्वतन हुने निश्चित भएको छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री रहनुभएका पृथ्वीसुब्बा गुरुङ विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले आज संसद् सचिवालयमा आज अविश्वासको प्रश्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रले गत चैत २५ गते आफ्ना दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपछि गण्डकीमा वर्तमान सरकार परिर्वतन गरेर नयाँ सरकार गठनका गृहकार्य शुरु भएको छ ।

प्रदेशमा सरकार बनाउन र टिकाउन निर्णायक राष्ट्रिय जनमोर्चाले शनिबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि गुरुङ नेतृत्वको सरकार संकटमा परेको हो । काँगेस लगायतका विपक्षी दलले भावी मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अघि सारेका छन् ।

विपक्षी दलको वार्ता कमिटीले आजनै अविश्वासको प्रश्ताव दर्ता गर्ने र मन्त्रालय बाँडफाँट लगायतका विषयमा पछि छलफल गर्ने निर्णय गरेको वार्ता टोलीका एक सदस्यले हिमाली आवाजलाई जानकारी दिनुभयो । गण्डकीमा नेकपा एमालेको २७, काँग्रेस १५, माओवादी १३, जनमोर्चा तीन र जसपाका दुई सांसद छन् ।

Comments
Loading...