गण्डकीमा अविश्वासको प्रश्ताव दर्ताको तयारीपछि रातारात प्रदेशसभाको अधिवेशन अन्त्य

हिमाली आवाज । अविश्वासको प्रश्ताव दर्ताको तयारी पछि प्रदेश सरकारले रातारात सदनको चालू अधिवेशन अन्त्य गरेको छ ।

अविश्वासको प्रश्तावबाट तर्सिएको सरकारले गण्डकी प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गरेको हो । यद्यपी विपक्षी दलहरुले अविश्वासको प्रश्ताव दर्ता गर्ने भएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो।
अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र विहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेस सहितका विपक्षी दलले सरकारका विरूद्द अविश्वासको प्रश्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालू अधिवेशन अन्तय गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Comments
Loading...