गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रश्ताव दर्ता भएको छ । दिउँसो १ ः ३० बजे अविश्वासको प्रश्ताव संसद सचिवालयमा दर्ता गरिएको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका २८ सांसदले मुुख्यमन्त्री विरुद्धको अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेका छन् । सरकारले सम्भावित अविश्वासको प्रश्तालाई छल्न हिजो मध्यरातिनै संसद्को चालू हिउँदे अधिवेशन अन्त्य गरेपनि दलहरुले अविश्वासको प्रश्ताव दर्ता गरेका हुन् ।

तीन दलले प्रदेशको भावी मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रश्ताव गरेका छन् । अविश्वासको प्रश्ताव प्रदेश सभाका सचिव हरिराम पोखरेललाई बुझाइएको हो ।

ने.क.पा. विभाजित भएर नेकपा (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) बनी सकेपछि संविधानको धारा १८८ (२) मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दा समेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेकाले यो सरकार असंवैधानिक भएको अविश्वासको प्रश्तावमा उल्लेख छ ।

Comments
Loading...