कर्णाली प्रदेशसभामा एमाले सांसदको विद्रोह : माओवादीका मुख्यमन्त्री शाहीको पद जोगियो

हिमाली आवाज । कर्णाली प्रदेशसभामा नेकपा एमालेका सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका चार सांसदको मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत चाहिने रहेकामा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।
प्रदेशसभामा शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ ।
एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि माओवादी सरकार ढाल्ने एमालेको सपना चकनाचूर भएको हो । एमाले सांसदले पार्टी ह्विप उल्लङ्घन गर्दै शाहीको सरकारलाई साथ दिने निर्णय गरेका हुन् ।

Comments
Loading...