पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई मातृशोक

दमौली । पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ ।

तनहुँ व्यास नगरपालिका–२ निवासी पूर्वमन्त्री श्रेष्ठकी आमा विष्णुमायाको काठमाडौँमा निधन भएको हो । उहाँको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

एकान्नब्बे वर्षीया स्वर्गीय श्रेष्ठ तीन वर्षदेखि थलिनुभएको थियो । श्रेष्ठको निधनपछि पूर्वमन्त्री श्रेष्ठ दाजुसहित बन्दीपुर गाउँपालिका–४ स्थित माइतीघरमा किरिया बस्नुभएको छ । स्वर्गीय श्रेष्ठलाई बेलाबेलामा रिङ्गटा लाग्ने समस्या थियो ।

“आमालाई अरु खासै रोग थिएन, टाउकोको नशा सुक्दै गएकाले रिङ्गटा लाग्ने समस्या भने थियो,” श्रेष्ठले भन्नुभयो ।

Comments
Loading...