माछापुच्छ्रेको खरीवोट भलावोट बाटो विस्तार योजना कार्यान्वयन शुरु

हिमाली आवाज । गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यस आर्थिक बर्ष २०७७÷०७८ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतका केही योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन)ले पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनोट गरेका २५ वटा योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गत वर्ष कोरोना कारण योजना सम्झौता र कार्यान्वयनमा ढिलाई भएपनि यस वर्ष कामले तीव्रता पाएको हो । प्रदेश सांसद बरालले यस वर्ष समयमै योजना सम्पन्न गर्नका लागि निरन्तर अनुगमनमा खटिनु भएको छ ।

माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा छनौट भएका केही योजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको सांसद बरालले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले योजना सम्पन्न भए पश्चात अनुगमन टोलीले योजनाको अनुगमन भए पछि मात्र भुक्तानी हुने बताउनुभयो । उहाँका अनुसार कास्की क्षेत्र नम्बर ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका ५० प्रतिशत भन्दा बढी योजना सम्पन्न भएका छन् ।

यसैबीच, शुक्रबार सांसद बराल र वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले माछापुच्छ«े ३ को खरीवोट भलावोट बाटो विस्तार योजना तथा सडक ढलान कार्यको अवलोकन गर्नुभयो । सो योजनामा ८ लाख ५० हजारको बजेट विनियोजन भएको खरिवोट भलावोट बाइस धारा बाटो विस्तार योजनाका अध्यक्ष प्रकाशमोहन पोखरेलले जानकारी दिनुभयो ।

सांसद बरालले भेडावारी सामुदायिक भवनमा फर्निचर तथा फर्निसिङ खरिद प्रकृया सम्पन्न भएकोले उक्त योजना समेत अवलोकन गर्नुभयो । सो योजनामा ३ लाख ५० हजार विनियोजन भएको थियो ।।

Comments
Loading...