माछापुच्छ्रेको ज्ञान ज्योतिका विवेक परियारलाई पाँच किमी दौडको उपाधि

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोणिङ स्कुलका छात्र विवके परियारले पाँच किमी दौडको उपाधि जित्न सफल हुनुभएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५ औँ संस्करणको म्याराथन अन्तर्गत आज पोखरा रङ्गशालाबाट शुरु भएको सो दौडमा परियारले २१ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गरी उपाधि जित्न सफल हुनुभएको हो । यसैगरी छात्रातर्फ भानु माध्यमिक विद्यालय तनहुँका नर्मता गुरुङले २८ मिनेट १० सेकेण्डमा दौड पूरा गरी उपाधि हासिल गर्नुभयो । उपाधि विजेता दुबै जनाले जनही रु १० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।

छात्रतर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट दुई सेकेण्डमा दौड पूरा गरी द्धितीय र ज्योती माध्यमिक विद्यालय नवलपरासीका आशिष पोखरेलले २२ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय बन्न सफल हुनुभयो ।

छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका बन्दना चौधरीले ३० मिनेट सेकेण्डमा दूरी पूरा गरी द्धितीय र कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित उदय माध्यमिक विद्यालय धम्पुसका विनु विकले ३१ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी तृतीय स्थान हासिल गर्नुभयो । छात्र÷छात्रा तर्फ द्धितीय र तृतीय हुनेले जनही रु सात हजार र चार हजारका दरले नगद सहित मेडल पुरस्कार प्राप्त गर्नुभयो ।

विजयी खेलाडीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रतियोगिताका संयोजक हरि प्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...