बगैचा टोलविकास संस्थाको नयाँ वर्षको शुभकामना आदान प्रदान

हिमाली आवाज । बगैचा टोल विकास संस्थाको पोखरा ६ बैदामको आयोजनामा नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नयाँ वर्षले प्रत्येक नेपालीको घरदैलोमा नयाँ उमङ्घ सहित खुःशीयाली प्राप्त होस् भन्ने कामना सहित एकापसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएका हुनाले यस क्षेत्रको शान्ति सुरक्षाको लािग स्थानीय र टोलविकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रहरीले कुनै पनि काम एक्लै गर्ने नसक्ने हुँदा नगरिक समाज, र जनप्रतिनिधिहरुको सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ ।

सिसी क्यामराको मद्धतले समाजमा घटेका घटनामा प्रहरीलाई सफलता मिलेको बताउदै समाजमा चोरी डकैती रोगथामका लागि सिसि क्यामरा महत्वपूर्ण हुने हुदा स्थानीय स्तरमा जडान गर्न आयोजक.लाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका वडा न ६ का वडा सदस्य राममायाँ विकले वडा समिति स्थानिय टोल संस्थाहरुको सरसल्लाह अनुरुपमा नै अघि बढेको बताउँदै वडाको विकास निमार्णमा नागरिक समाज,क्लव र टोलविकास संस्थाहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

टोल विकास संस्थाका अध्यक्ष मिना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा भन्डारीे, सल्लाहाकार प्रेमनारायण अधिकारी,राष्ट्रिय सम्पदा समितिका पोखराका संयोजक विष्णुहरी अधिकारी,तालबाराही गुठी ब्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवर,बसन्त बैठक टोलविकास संस्थाका अध्यक्ष तुलसी दाहाल, रेडक्रस इकाइ ६ का अध्यक्ष गिरिराज अधिकारी र राप्रपा बैदाम ६का अध्यक्ष गणेश ढकाल लगायतले नयाँबर्षले प्रत्येक नेपालीहरुको ओठमा नयाँ मुस्कानको कामना गर्दैै विश्वमा फैलिरहेको कोरोनाभाइरसबाट विश्वले छिटै मुक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको थियो ।

सचिब रेणु लामिछाने संचालन गरेको कार्यक्रमका संस्थालाई सहयोग गर्ने महानुभावहरुलाई र नयाँ आगन्तु सदस्यहरुलाई दोसला सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

 

Comments
Loading...