गण्डकी प्रदेशस्तरीय सामुदायिक सिकाइ केन्द्र सञ्जालको गठन, अध्यक्षमा लामिछाने

हिमाली आवाज । गण्डकी प्रदेशस्तरीय सामुदायिक सिकाइ केन्द्र सञ्जालको गठन गरिएको छ ।

पोखरामा सामुदायिक अध्ययन केन्द्रहरुका अध्यक्ष तथा प्रतिनिधि सम्मिलत  भेलाले गोर्खाका बालकृष्ण लामिछानेको अध्यक्षतामा प्रदेशस्तरीय तदर्थ समिति गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षद्धयमा टिकाराम पँगेनी(कास्की),हरि न्यौपाने(पर्वत),महासचिवमा महेश्वर पोखरेल(कास्की),सचिव केशवराज वाग्ले(लमजुङ) र कोषाध्यक्षमा दुर्गा शर्मा पौडेल(बाग्लुङ) हुनुहुन्छ ।

सदस्यहरुमा शंकरराज कँडेल(गोरखा),रोशनी पौडेल(कास्की),ज्ञानेन्द्रप्रसाद सुवेदी(म्याग्दी),युवराज पराजुली(स्याङ्जा),सौरेन्द्रबहादुर खत्री(बाग्लुङ),टिकामाया राना(तनहुँ) र कुमारी राना(तनहुँ) हुनुहुन्छ ।

यसैगरी सल्लाहकारहरुमा सरोज देवकोटा(गोरखा),वसन्त बराल(कास्की),राधादेवी गुरुङ(लमजुङ),प्रेम गुरुङ(गोरखा) र प्रेम प्रसाद पौडेल(स्याङजा) रहनुभएको छ ।

संस्थाले अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तथा महिला आयआर्जनमा सघाउने लक्ष्य राखेको संस्थामा महासचिव महेश्वर पोखरेलले जानकारी दिनुभयो । देशभर दुई हजार १०० सामुदायिक अध्ययन केन्दद्र रहेकामा गण्डकीमा ४०० वटा छन् ।

Comments
Loading...