पोखरामा उपचारको क्रममा दुई कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा आज कोरोना संक्रमणबाट दुई जनाएको मृत्यु भएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ  ।

पोखरा महानगरपालिका वडा नं २९ का ५४ वर्षीया महिलाको आज पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी पोखरा वडा नं ३३ का ८४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पतलामा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...