हावाहुरीले घरको छाना उडाएपछि माछापुच्छ्रेको सार्दिखोलाका दुई परिवारको विचल्ली

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाको चिप्लेटीका दुई घरको छाना हावाहुरीले उडाउँदा परिवार विचल्लीमा परेका छन्।दुई दिनअघिको हावाहुरीले स्थानीय रामजी भण्डारी र सीता भण्डारीको घर पूर्ण रुपमा क्षति पुगेको छ ।

हावाहुरीले रामजी र सीता सहित स्थानीय तारापति भण्डारी, लोकबहादुर गुरुङ र मनसुवा कामीको घरमा समेत क्षति पुगेपनि दुई घरको पूरै छाना र लत्ताकपडा उडाएकाले बस्ने खाने अवस्था नरहेको सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले बताउनुभयो । पीडित दुई परिवार अहिले नजिकको तारापतिको घरमा आश्रय लिएर बसेका छन् ।

जस्तापाता, लत्ताकपडा लगायतका सामग्री हावाले उडाएर टाढासम्म लगेकाले पुनः प्रयोग गर्न नसकिने खालका रहेका छन् । कतिपय सामग्री नदी किनारसम्म पुगेकाले नदीले बगाएको बताइन्छ ।

न्यून आर्थिक अवस्थाका कारण तत्काल घरको मर्मत गर्न सक्ने अवस्था नरहेको पीडित सीताले बताउनुभयो । उहाँले भन्नुभयो,“हावाहुरीले हाम्रो घरको सबै सामान हावाले उडाएर लगेपछि विचल्ली भएको छ । अहिले नजिकै बुबाको पुरानो घरमा बास लिएका छौँ ।”

पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्नका लागि वडाबाट सिफारिस गरेर पठाइएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पीडित परिवारलाई सहयोगका लागि माछापुच्छ«े माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलले सहयोग सङ्कलन अभियान शुरु गरेको छ ।
पहिलो चरणमा सङ्कलित रकम रु २२ हजार मध्य पूर्ण क्षति भएका दुई परिवारलाई रु आठ हजारका दरले अन्य तीन परिवारलाई रु दुई हजारका दरले सहयोग गरिएको शिक्षक नायक किर्तीराज ढकालले जानकारी दिनुभयो ।

“विगतमा सेती वाढीबाट प्रभावित परिवार अहिले पुनः हावाहुुरीका कारणले घरबास उडाउँदा विचल्लीमा पर्नुभएको छ । कमजोर आर्थिक अवस्था भएका कारणले उहाँहरुलाई सहयोग गर्न सबैमा अपिल गरेका छौँ ।” ढकालले भन्नुभयो ।

प्रभावित परिवार मजदूरी गरेर परिवार पाल्दै आएको र अन्य आआर्जन नभएकाले आफ्नै घरमा बसोेबासको व्यवस्थापनका लागि विभिन्न सङ्घ, संस्था, व्यक्ति तथा सरकारी निकायहरुसँग आर्थिक सहयोगको आग्रह गरिएको र सहयोग प्राप्त हुन थालेकाले पुनः दोस्रो चरणको सहयोग उपलव्ध गराइने रेडक्रस सर्कलले जनाएको छ ।

सार्दिखोलामा विसं २०६९ वैशाख २३ गते सेती नदीमा आएको बेमौसमी बाढीले खारपानी बजार बगाउँदा ठूलो जनधनको क्षति पुगेको थियो । सोही बाढीबाट प्रभावित परिवार अहिलेको हावाहुरीबाट पीडित बनेका हुन् । खारपानी र तातोपानीमा हावाहुरीले क्षति पु¥याएको थियो ।

Comments
Loading...