पार्टी फुट नजिक पुगेको बेला प्रधानमन्त्री ओली–नेपालबीच वार्ता शुरु

हिमाली आवाज । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले राजधानीको एक होटलमा भेटवार्ता भइरहेको छ ।

दुईपक्षबीचको विवादका कारण पार्टी फुट नजिक पुगेको बेला दुई नेताबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटवार्ताका लागि गरेको आग्रह वरिष्ठ नेता नेपालले अस्वीकार गरेपछि राजधानीको होटल मेरियटमा दुर्ई नेताबीच वार्ता शुरु भएको बताइन्छ ।

Comments
Loading...