वडाध्यक्ष बास्तोलालाई क्याम्पसको विकासमा योगदान गरेको भन्दै पोखरा बहुमुखीको आजिवन सदस्यता

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थित पोखरा बहुमुखी क्याम्पसले पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलालाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेको छ ।

क्याम्पसको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सो प्रमाणपत्र प्रदान गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले बताउनुभयो । अध्यक्ष बास्तोलालाई लालचनले क्याम्पसका हरेक गतिविधिहरुमा सहभागी भई निस्वार्थ सेवा गरेका क्याम्पसका एक असल अभिभावकका रुपमा चित्रण गर्नुभयो ।

साविक पश्चिमाञ्चलको पहिलो सामुदायिक क्याम्पसको पहिचान बोकेको पोखरा बहुमुखी क्याम्पसले आफुलाई सम्मान स्वरुप आजिवन सदस्यता प्रदान गरेकामा अध्यक्ष बास्तोलाले खुसी व्यक्त गर्नुभयो ।

आफ्नो निस्वार्थ सेवा र शैक्षिक क्षेत्रको विकासमा खेलेको भुमिकाको औचित्य यो सम्मानले थप पुष्टि गरेको उहाँको भनाई छ । यसले आफुलाई पोखरेली समाजको शैक्षिक विकासमा अझै सर्मपित हुने प्रेरणा प्रदान गरेको बास्तोलाले बताउनुभयो ।

२०४२ सालमा स्थापना उक्त क्याम्पसमा हाल ६ सयको हाराहारीमा विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

Comments
Loading...