२४४९ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आठ हजार ७९८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङक्रयामा सङमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, ८६६ जनाको एन्टीजेन परीक्षणमा ११० जनामा कोरोना सङक्रमितको पहिचान भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१० जना सङक्रमित निको भएका छन् ।चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङख्या ३ हजार १ सय २२ पुगेको छ ।

Comments
Loading...