पशुपंक्षीहरुलाई मानविय व्यवहार गर्नु पर्दछ

सुरेशकुमार श्रेष्ठ
केन्द्रीय महासचिव
पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)

पृथ्वी विभिन्न प्राणीहरुको को साझा घर हो, । जसको प्रत्येक कणहरुमा जीवनको सृष्टि रचिएको हुन्छ । त्यसैले पशुपंक्षीहरु पनि यसै धर्तिका सृष्टि हुन् र उनीहरुलाई पनि यस संसारमा मानिसहरुलाई जति नै सहज रुपमा बाँच्न पाउने अधिकार छ । प्रकृतिमा मानव सभ्यताको विकाससंगै पशुपंक्षी र मानिसको बीच एक अर्कामा अन्योन्याश्रित सम्बन्ध भएतापनि मानव जातीले आफ्नो स्वार्थपुर्तिको लागि यिनीहरुको अत्यधिक दुरुपयोग गरी अमानवीय तरिकाबाट फाईदा लिने र अनावश्यक रुपमा पशुपंक्षीहरुलाई दुःख दिने गरेको पाईन्छ ।

केही मानिसहरुमा भावनात्मक रुपमा पशुपंक्षीहरु प्रति राख्ने धार०ाँ र गर्ने व्यवहारमा परिवर्तन आएको भएतापनि यो अति नगन्य रुपमा मात्र पाईन्छ । पशुपंक्षीहरु अवोध प्राणी भएता पनि उनीहरुमा भावना र संवेदनशीलता हुन्छ । पशुपंक्षीलाई दुःख दिए दुःखी हुने, दया माया गरी खुशी दिए रमाउने र मानिसको सहयोगी भई मद्धत गर्ने गर्दछन् । हामी मानव जाती सर्वश्रेष्ठ विवेकशील प्राणी भएको नाताले कुन जनावर प्रति कस्तो व्यवहार गरिरहेका छौ, हामी आफैले मनन गर्नु जरुरी छ ।

त्यसै गरी प्राणी जगतमा अन्य विविध पक्षलाई बुझ्नु मानवको कर्तव्य हो । यति मात्र होईन, घरमा पालिने घरपालुवा जनावरहरुलाई पालन पोषण गर्दा, ढुवानी गर्दा र वध गर्दा पनि मानवीय व्यवहार गर्नु जरुरी छ । परम्परागत संस्कृतिको नाममा पशुपंक्षीहरु प्रति हुने निर्दयिता रोकिनु पर्दछ । कुनै पनि पूजापाठ, शुभकार्य गर्दा हामी अमानवीय तरिकाले जनावरहरुको बली दिन्छौ जुन उनीहरुको अधिकार विरुद्धमा छ । यसरी समाजका विभिन्न व्यवहार, मान्यता, संस्कृति आदिले गर्दा हामीले पशु अधिकार हननका कार्यमा लागेका देखिन्छौ । पशुपंक्षी प्रति मानवजातिबाट भैरहेको बढ्दो निर्दयता, क्रुर र अमानवीय व्यवहारबाट हामी मानवजातीको सभ्यता र नैतिकता माथि प्रश्न चिन्ह लाग्नु स्वभाविक हो ।

मासुको लागि नाकमा नथ्थी र पुच्छरमा डोरीले वाधेर ट्रकमा कोचि कोची ल्याएको रांगा, साईकल, मोटर साईकलमा उधो मुन्टो झुन्डयाएर जिउदो कुखुरा डुवानी गर्दा बाटोमा कडोर यातनाको कारण मरेको पशुपंक्षीको अवस्था देख्दा हामीहरुले पशुपंक्षीहरुको अधिकार हनन् गरी उनीहरु प्रति निर्वाह गर्नु पर्ने हाम्रो दायित्वलाई विर्सेको तथ्य सहजै प्रतिविम्वित हुन्छ ।

अतः पशुपंक्षिहरुको अधिकारको व्यवस्थापन गर्न मुख्य पाँच स्वतन्त्रताहरुको पालन गर्न आवश्यक छ । ती स्वतन्त्रताहरु निम्नानुसार छन् ।
१) पशुपंक्षीहरुको भोक प्यासबाट मुक्तिको स्वतन्त्रता ।
२) आरामदायी ढंगले जीउने स्वतन्त्रता ।
३) दुःख दर्द घाईते र रोगलाग्नबाट जाँच्ने स्वतन्त्रता ।
४) आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रा ।
५) डर त्रास र तनावमुक्त रहन पाउने स्वतन्त्रता ।
सम्पूर्ण प्राणी जगतको अस्तित्व रक्षा गरी वातावरण सन्तुलन कायम राख्न पशुपंक्षीहरुको संरक्षण गर्नु पर्ने जिम्मेवारी हामी विवेकशील प्राणीको नाताले मानवको काधमा रहेको छ । यस धर्तिमा रहेको सवै प्राणीहरुको बाँच्न पाउने समान अधिकार भएकोले यिनीहरुलाई दया, माया गरी सही सदुपयोग गर्न समस्त मानव समाजलाई उत्पे्ररीत गराउनु परेको छ ।

मानवीय कार्यहरुबाट पशुपंक्षीहरुमा नकारात्मक असर नपरोस र उनीहरुको अधिकारको रक्षा हुदै जाहोस् भन्ने उद्धेश्यका साथ नया पिँढी तथा प्रत्येक नागरिकलाई पशुपंक्षी, यिनीहरुको वास स्थान र वातावरण सम्वन्धि जन चेतना जगाई पशुपंक्षीहरु प्रति कर्तव्य बोध गराउन र विभिन्न नकारात्मक सामाजिक मान्यताहरु हटाउनका लागि नेपालमा पनि केही वर्ष यता देखि विश्व भेटेरिनरी दिवस मनाउदै आईएको छ । यसै सन्दर्भमा उक्त दिवसको दिन २०७८ वैशाख ११  पशुपन्छी तथा मत्स्य विकास निर्देशनलाय पोखरा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीको संयुक्त आयोजनामा Veterinarian Response to the Covid–19 Crisis भन्ने मुल नाराका साथ अन्तर स्कुलका प्रशिक्षार्थिहरु बिच निबन्ध प्रतियोता सञ्चालन, अन्तरक्रिया छलफल एवम पुरस्कार वितरण समारोह र विशेषाङ्गक सहितको विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व भेटेरिनरी दिव २०७८ मनाउन लागिएको हो । यस पुनित अवसरमा भटेरिनरी पेशाको महत्वबारे सचेतना फैलाउने र यस पेशालाई मर्यादित बनाउनको लागि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) ले पनि यो अभियानमा हातेमालो र सहयोग गर्दै आईरहेको छ र पछि पनि गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

यस अवसरमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनलाय पोखरा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीको संयुक्त आयोजनामा मनाउन लागिएको यस दिवसमा हिमाली आवाज पत्रिकामा भेटेरिनरी विशेषमा मलाई पनि संस्थाको तर्फबाट भनाईहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा कार्यालय प्रमुख एवम परिवार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
हामी सवैको पशुको मन
जय पशुधन ।

Comments
Loading...