कास्कीमा जाग्यो वाइसीएल, संगठन विस्तारमा तीव्रता

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन योङ्ग कम्युनिष्ट लिग(वाइसीएल) कास्कीले संगठन विस्तारलाई तीव्रता दिएको छ ।

लामो समय शिथिल बनेको संगठनलाई वाइसीयलले चलायमान बनाउँदै जनतासँग जोडिने कार्यक्रम ल्याउने भएको छ ।
संगठन विस्तारको क्रममा जिल्लाका पाँच वटै स्थानीय तहका ७२ वडासम्म पुग्ने योजना उसको छ ।

पोखरा महानगरपालिका–२५ हेमजामा भएको वडा भेलाले भिम तिमिल्सिना अध्यक्षतामा अध्यक्षतामा वाइसियलको ३५ सदस्सीय वडा कमिटी गठन गरिएको छ ।

त्यसैगरी मादी गाउँ पालिका को ८,९,१०,११,१२ वडाहरूको भेला शनिबार सम्पन्न भयो । संविधान सभाका सदस्य तेज कुमारी पौडेल को प्रमुख आतिथ्यता, वाइसिएल कास्की ईन्चार्ज मेख बहादुर विक पहाड, जिल्ला अध्यक्ष भोजराज पौडेल,मित्र गुरुङ, कृष्ण दाहाल, तोरण गुरुङ ,विमला खड्का, कमला ढकाल, वसन्त वास्तोला सहभागि हुनुभएको थियो । मादी वाइसिएलका अध्यक्ष सन्तोष अधिकारी अध्यक्षतामा भेला भएका थिए ।

मादी वडा नं ८ मा सुरज गुुरुङको अध्यक्षतामा ११ सदस्सीय, वडा नं ९ मा सुरेश गुरुङको अध्यक्षतामा १६ सदस्सीय, वडा नं १० मा दीपेश गुरुङको अध्यक्षतामा नौ सदस्सीय, वडा नं ११ मा टेकबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्सीय र वडा नं १२ मा शिवहरि दाहालको नेतृत्वमा ११ सदस्सीय वडा कमिटी गठन गरिएको वाइसिएलका जिल्ला अध्यक्ष भोजराज पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...