के होला मुख्यमन्त्री गुरुङको सरकार ? अविश्वास प्रश्ताव आज सदनमा टेवल हुने

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रश्ताव आज सदनमा टेवल हुने भएको छ ।

मुख्यमन्त्री विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले दर्ता गराएको सो प्रश्तावमाथि आजदेखी शुरु हुन लागेको प्रदेशसभाको विशेष अधिवेशनमा छलफल शुरु हुन लागेको हो ।

पहिलो दिन बैठकमा प्रश्ताव टेवल हुने र सांसदहरुले आफ्नो धारणा राख्नुहुने बताइन्छ । अविश्वासको प्रश्तावका पक्ष र विपक्षमा सांसदहरुले धारणा राखेपछि वैशाख १५ गते सो प्रश्ताव मतविभाजनबाट टुँगो लगाउने कार्यसूची तयार गरिएको छ ।

अविश्सको प्रश्तावमा काँग्रेसका १५, माओवादीका ११ र जसपाका दुई गरी २८ सांसदका हस्ताक्षर छ । प्रदेश सरकार बनाउन र टिकाउन निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रश्तावमा हस्ताक्षर नगरेपनि सरकारको  विपक्षमा मत दिने निर्णय गरेपछि विपक्षी गठबन्धन उत्साहित भएर अविश्वको प्रश्ताव दर्ता गरेको थियो ।

जनमोर्चाको सो निर्णयपछि वर्र्तमान प्रदेश सरकार संकटमा परेको हो ।

Comments
Loading...