सत्तारुढ एमालेद्धारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी(एमाले)ले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

एमालेका सांसदहरूले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका हुन् । सत्तारुढ दलका सांसदबाटनै बैठक अवरुद्ध गरेपछि २० मिनेटका लागि सदन स्थगित भएको हो ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ । आजपनि छलफल गरेर भोली सो प्रश्तावमाथि मतदान हुने जनाइएको थियो ।

Comments
Loading...