ओली सरकारले मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेल्यो : महामन्त्री डा. कोइराला

हिमाली आवाज । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान राजनीतिक अवस्थालाई निकासमा पु¥याउन काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीका पिता स्व. हर्कबहादुर केसीको १३ औं पुण्यतिथिमा आज पोखरा–२८, देउमाडीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा जब संकट आउँछ, तब काँग्रेसले नै निकास दिने गरेको बताउनुभयो ।

ओली सरकारको अकमण्र्यताको कारण पनि यो सरकारलाई अब धेरै दिन राख्न नहुने उहाँको जिकिर थियो । उहाँले मुलुक कोभिड–१९ बाट आक्रान्त भएको अवस्थामा आफ्नै दुइतिहाइको सरकारलाई भंग गरी मुलुकलाई अराजकता र अस्थिरतातर्फ पु¥याएको उहाँको आरोप थियो ।
डा. कोइरालाले काँग्रेसको महाधिवेशनबारे बोल्दै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले काँग्रेसले महाधिवेशन गर्न सकेन भने संवैधानिक संकट आउने दाबी गर्नुभयो ।

स्व. केसीको योगदानको स्मरण गर्दै डा. कोइरालाले स्व. केसीले देखाएको बाटोमा हिड्न सकेमा मात्र काँगे्रसले समाजवादको लक्ष्य भेट्न सक्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्माले स्व. हर्कबहादुर केसी कुशल अभिभावक र प्रजातान्त्रिक योद्धा भएको स्मरण गर्नुभयो ।
अर्का नेता पूर्व मन्त्री यज्ञबहादुर थापाले पंचायतकालमा पनि प्रजातन्त्रको पक्षमा डटेर लड्ने अभिभावक गुमाएकोमा चिन्ता गर्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य एवं स्याङ्जाका नेता राजु थापाले काँग्रेसका अनेकौं योद्धाहरुको बलले नै नेपाली काँग्रेसले प्रजातन्त्रको अगुवाइ गर्न सकेको बताउनुभयो ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. २८ का इकाइ सभापति विकास गुरुङ, काँग्रेस कास्कीका उपाध्यक्ष आईबहादुर गुरुङ, काँग्रेस नेता वीरबहादुर बुढाथोकी, शिवबहादुर अधिकारी, स्व. केसीका सुपुत्र प्राध्यापक बाबुवराम केसी लगायतले स्व. केसीको योगदानको बारेमा बोल्नुभएको थियो ।

Comments
Loading...