भारतमा एकै दिन तीन हजार दुई सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालको छिमेकी देश भारतमा कोरोेना संक्रमण महामारी फैलिएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार २८६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा दुई लाख नाघेको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकै दिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो। पछिल्लो एक सातायता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप तीन लाख ६२ हजार ९०२ जनामा संक्रमण देखिएको छ। यो अहिलेसम्म दैनिक थपिएका संक्रमणको संख्या सबैभन्दा बढी हो। एक सातायता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन्।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ। अहिलेसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ ।भारतमा संत्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ ।

Comments
Loading...