गण्डकीमा नयाँ सरकार वा मुख्यमन्त्री गुरुङको निरन्तरता ? छिनोफानो आजै हुने

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दर्ता गराएको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाउने वा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार बन्ने भन्ने आज साँझै छिनोफानो आज साँझ हुन लागेको हो ।

अविश्वास प्रस्तावमाथि सांसदले बोल्ने क्रम अहिले जारी छ । सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने र सांसदहरुले मतदान गर्ने कार्यसूची संसद् सचिवालयले तयार पारेको छ ।

तीन दलले अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेपनि राष्ट्रिय जनमोर्चाले गरेको छैन । जनमोर्चाले अविश्वास प्रश्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

Comments
Loading...