गण्डकी प्रदेशसभाका दुई सांसद सम्पर्क विहीन, गुरुङ सरकारले निरन्तरता पाउने संकेत

हिमाली आवाज । गण्डकी प्रदेशसभामा अविश्वासको प्रश्तावमाथि छलफल चलिरहँदा दुई सांसद सम्पर्क विहीन भएका छन् ।

मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि निर्णायक मानिएको राष्ट्यि जनमोर्चाका खिम विक्रम शाही र स्वतन्त्र सांसद दीपक मनाङे संसदमा पुग्नुभएको छैन ।

मत विभाजनबाट अविश्वास प्रश्तावको बारेमा निर्णय हुने कार्यसूची रहेको अवस्थामा सांसद एकाएक सम्पर्क विहिन भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएको छ ।

प्रदेशभामा तीन मत रहेको निर्णायक जनमोर्चाका सांसद अनुपस्थित भएपछि अविश्वासको प्रश्ताव पारित हुन सक्दैन ।

Comments
Loading...