सांसद ‘हराएपछि’ गण्डकीको संसद अनिश्चितकालका लागि स्थगित(सूचना सहित)

हिमाली आवाज । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रश्तावमा मतदान हुने कार्यसूची रहेपनि गण्डकी प्रदेशसभाको चालू अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्क विहिन भएपछि संसद बैठक स्थगित गरिएको थियो ।राष्ट्रिय जनमोर्चाका सचेत पिआरी थापाले आफ्ना सांसद सम्पर्क विहिन भएकाले जीवन रक्षाको माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि सभामुखले बैठक स्थगित गर्नुभएको थियो ।

अविश्वासको प्रश्ताव पारित र असफल बनाउन तीन सांसद रहेको जनमोर्चा निर्णायक शक्ति हो । सत्तपक्षले प्रश्ताव पारित हुन नदिन आफ्ना सांसदलाई बन्धक बनाएको आरोप विपक्षीको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले सूचना निकालेर चालू अधिवेशन अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।

Comments
Loading...