पोखराको मणिपाल र चरकमा दुई कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराको चरक मेमेरियल अस्पतालमा उपचारका क्रममा पोखरा–६ का ८२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी स्याङ्जाको अर्जुनचौरी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो बेलुका १२ः ४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको जनाइएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ ।

Comments
Loading...