मुख्यमन्त्री पोखरेलद्धारा पदबाट राजीनामा

काठमाडौँ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत समेत गरिसक्नुभएको छ ।  नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जनाइएको छ ।

मुख्यमन्त्री पोखरेल विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सो प्रश्ताव आजदेखी प्रदेशसभामा छलफलको तयारी थियो ।

Comments
Loading...