लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । ८१ सदस्सीय प्रदेशसभामा एमाले एक्लैको ४१ सदस्य रहेको भन्दै मुख्यमन्त्री नियुक्तिका लागि पोखरेलको नाम एमाले संसदीय दलले सिफारिस गरेको थियो ।

एमाले सांसद विमला केसीले आफू माओवादीमा प्रवेश गरेको घोषणापछि विपक्षी गठबन्धनले पोखरेलको बहुमत नपुगेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो ।

Comments
Loading...