शंकर पोखरेललाई मुुख्यमन्त्री नियुक्त लगत्तै एमालेबाट निर्वाचित तीन सांसदको राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेश सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गरेलगत्तै सत्तारुढ एमालेबाट निर्वाचित सांसदले प्रदेश सभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् । प्रदेशसभा सदस्यले आइतबार दिउँसो सभामुख समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा दृगनारायण पाण्डे, अजय शाही र धर्मलाल श्रीवास्त रहनुभएको छ ।

Comments
Loading...