गण्डकीका प्रदेश प्रमुख शेरचन बर्खास्त

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका प्रमुख शेरचन सहित सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी त्रिपाठीलाई बर्खास्त गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले दुबै जनालाई बर्खास्त गर्नुभएको जनाइएको छ ।

Comments
Loading...