माओवादी केन्द्रले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन,सरकार अल्पमतमा

काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । माओवादीले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत केपी शर्मा ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउन पत्र बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

Comments
Loading...