पोखरामा उपचारका क्रममा चार कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पछिल्लो २४ घण्टामा पोखरामा उपचारका क्रममा चार जना कोरोना संक्रमित मृत्यु भएको छ । मृतकमा तीन जना पोखराका र एक जना म्याग्दीका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–३ का ८७ वर्षिय पुरुषको बुधबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

पोखरा–१७ का ७३ वर्षिय पुरुषको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार वैशाख १८ गते संक्रमित भएकामा उपचारकै क्रममा बुधबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचाररत पोखरा–२९ का ४१ वर्षिय संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ की ७२ वर्षिया वृद्धाको बिहीबार मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा वृद्धाको निधन भएको हो । हालसम्म गण्डकी प्रदेशमा मृतकको संख्या २४९ पुगेको छ ।

Comments
Loading...