पर्यटकीय धम्पुस गाउँको प्रर्वद्धनका लागि बजारमा आयो सालैजो गीत (गीत सहित)

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ मा अवस्थित रमणीय धम्पुस गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ । चर्चित मर्दी हिमाल आधार शिविरको प्रवेशद्धार यस गाउँको बारेमा नसुन्ने कमै होलान् । स्वदेश तथा विदेशमा समेत प्रख्यात यस ठाउँको थप प्रवद्र्धनका लागि सालैजो गीत समेत बजारमा आएको छ ।

लोक गायक श्याम अधिकारीले सालैजो भाकामा पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्धनात्मक गीत बजारमा ल्याउनुभएको छ । गायक अधिकारीलाई यस गीतमा बरिष्ठ लोकदोहरी गायिका शर्मिला गुरुङले साथ दिनुभएको छ ।गायक अधिकारीले दुई वर्ष अघि पनि ‘मेरै धम्पुस गाउँ’ बोलको गीत बजारमा ल्याउनुभएको थियो ।

लोकगीत मार्फत पर्यटकीय धम्पुस गाउँलाई देश तथा विदेशमा चिनाउन पाउँदा आफू अत्यन्त उत्साहित भएको गायक अधिकारीले बताउनुभयो । सालैजो गीतमा गाउँको थप वर्णनबाट गाउँको चिनारीलार्ई थप मद्धत पुग्ने विश्वास लिइएको छ ।

Comments
Loading...