माधव नेपाल र ओली पक्षबीचको वार्ता अनिर्णित,नेपाल पक्षका सांसद छलफलमा

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीचको वार्ता सकिएको छ ।

प्रधानमन्त्री ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता नेपाललाई भेटेर वार्ता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेता नेपालसँग वार्ताका लागि दुई नेतालाई पठाउनुभएको थियो ।

भेटपछि सुवास नेम्वाङले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका बताउनुभयो । उहाँले अध्यक्ष ओली र नेता नेपालबीच आजै वार्ता हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

पौडेल र नेम्वाङसँगको वार्ता लगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएपछि नेपाल पक्षका सांसदहरुले राजीनामाको तयारी गरेका छन् ।

Comments
Loading...