गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।मुख्यमन्त्रीले आज प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष राजीनामा बुझाउनुभएको हो ।

गुरुङले दिएको राजीनामा प्रमुख पौडेलले स्वीकृत गरी उहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले हालसम्म गरेको कामप्रति धन्यवाद दिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताउनुभयो।

मुख्यमन्त्री गुरुङका विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रश्ताव माथि वैशाख २७ गते सोमबार मतदान हुने अघिल्लो दिन मुख्यमन्त्रीको राजीनामा आएको हो ।

अर्र्को मन्त्रिपरिषद् गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने र नेपालको संविधान अनुसार तीन दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ।

Comments
Loading...