गण्डकी प्रदेशमा तीन दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

हिमाली आवाज । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ ।

Comments
Loading...