प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आज दिउँसो मतदान हुँदैछ । दिउँसो १ बजेपछि हुने मतदान प्रक्रियाले ओली सरकार टिक्ने कि ढल्ने भन्ने छिनोफानो गर्नेछ ।

अहिलेसम्मको अवस्था हेर्दाखेरि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने सम्भावना बढेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले प्रधानमन्त्रीको विपक्षमा मत दिने भएको छ । एमाले एक्लैको प्रतिनिधिसभामा १२१ सांसद रहेपनि विश्वासको मतका लागि प्रधानमन्त्रीलाई थप १६ सांसद आवश्यक पर्दछ । एमालेकै माधव नेपाल पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने यकिन भएको छैन ।

प्रतिनिधिसभामा मतदान गर्नुपर्ने सदस्यहरुको संख्या २६६ रहे पनि अस्पतालमा रहेका झलनाथ खनाल कोरोनाका कारण झापामा आइसोलेसनमा रहेका राप्रपा सांसद राजेन्द्र लिङदेनले मतदानमा सहभागिता जनाउने सम्भावना छैन । अन्य केही सांसदहरुको पनि अनुपस्थिति हुन सक्छ ।

Comments
Loading...