प्रधानमन्त्री ओलीलाई प्राप्त भएन विश्वासको मत, प्रधानमन्त्री पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल हुनुभएको छ ।

प्रतिनिधि सभाको आज बसेको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मात्रै परेपछि उहाँ सदनमा अल्पमतमा पर्र्नुभएको हो । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा १२४ सांसदले हस्ताक्षर गरे ।

यसैगरी उपस्थित सांसदहरुमध्ये प्रधानमन्त्रीेका प्रस्तावमा भएको मतदानका क्रममा १५ जना सांसद तटस्थ बसेका थिए । आजको मतदानमा २३२ मत खसेको थियो ।
प्रधानमन्त्री ओलीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक थियो ।
विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनुभएको छ भने सरकार काम चलाउ बनेको छ ।

मतदानको क्रममा नेकपा एमालेभित्र माधव नेपाल पक्षीय सांसदहरु भने अनुपस्थित भएका थिए । समाजवादी जनता पार्टीले भने मतदानमा ह्विप जारी नगर्ने बताएको थियो ।

 

Comments
Loading...