नेपालमा एकै दिन कोरोनाबाट २२५ को मृत्यु, पाँच हजार बढि कोरोनामुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट हालसम्मकै धेरै जनाको निधन भएको छ ।भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको देखिएको हो।त्यसैगरी पछिल्लो २४ घन्टामा नौ हजार ४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । यसैगरी यस अवधिमा पाँच हजार २२५ जनाले कोरोना जितेका छन् ।

Comments
Loading...