गण्डकीमा जनमोर्चाले सांसद थापालाई दलको नेताबाट हटायो

हिमाली आवाज । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई पदबाट हटाएको छ ।

काँग्रेस नेतृत्वमा विपक्षी गठबन्धनको सरकार बनाउनका लागि हस्ताक्षर गर्न पार्टीले गरेको ह्विप उलङ्गन गरेको आरोपमा थापालाई राष्ट्रिय जनमोर्चाले कारबाहि गरि संसदीय दलको नेताबाट हटाएको हो ।

जनमोर्चाका महासचिव मनोट भट्टले दलको नेताबाट थापालाई हटाइएको जानकारी दिनुभयो । सांसद थापाले काँग्रेस नेतृृत्वमा सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको थियो । पार्टी निर्देशन अवज्ञा गरेको भन्दै थापालार्ई पार्टीले थप कारवाहीको तयारी गरेको बताइन्छ ।

Comments
Loading...