प्रधानमन्त्री ओलीद्धारा सपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीलाई आज शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनुभयो ।यसैगरी उपप्रधानमन्त्री इश्वर पोखरेल सहित अन्य मन्त्रीहरुले पनि राष्ट्रपति समक्ष सपथ लिनुभयो । प्रधानमन्त्री ओलीले मन्त्रिहरुमा पुरानैलाई जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले दलहरूलाई बहुमत पु–याएर दाबी पेश गर्न तीन दिनको समय दिएकामा विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

Comments
Loading...