सञ्चारकर्मी पौडेलको निधनले अपूरणिय क्षति : माओवादी कास्की

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले गण्डकी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी गणेश पौडेलको कोरोना भाइरस संक्रमणका कारण निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टीका जिल्ला सचिव बखानसिँह गुरुङले आज शोक विज्ञप्ति जारी गरी पार्टी जिल्ला सदस्य समेत रहनुभएका पौडेलको उपचारका क्रममा वैशाख ३०  गते गण्डकी मेडिकल कलेज पोखरामा भएको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

स्व. पौडेलले कास्कीको कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको सदा स्मरण रहिरहने सो पार्टीले जनाएको छ । विज्ञप्तिमा  दिवंगत पौडेलप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

“लामो समयदेखी पार्टीको विभिन्न जिम्मेवारीमा वाईसियल मोर्चामा, टे«ड युनियन मोर्चामा,सञ्चार मोर्चामा अत्यन्त निष्ठापूर्वक सक्रियताका साथ डटिरहने एक असल योद्धा भौतिक रुपमा गुमाएका छौँ ।” विज्ञप्तिमा भनिएको छ ।

Comments
Loading...