बाग्लुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

हिमाली आवाज । बागलुङमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउसो अन्दाजी २ः ५५ बजेको समयमा बागलुङ निसिखोला गाँउपालिका २ कान्लेचौर रातामाटा बस्ने सूर्य कुँवरकी श्रीमती वर्ष ३३ की भवी कुँवर र निजको छोरा वर्ष १२ को सुरेश कुँवरको ढिस्कोमा परिएर ज्यान गएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घरदेखि अन्दाजी दुई किलोमिटर पश्चिम टाढा पर्ने सार्वजिक जग्गामा घर पोत्न प्रयोग गरिने माटो लिन गएका दुबै जना माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसि पुरिन गएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

Comments
Loading...