अनलाइन पढाएको पारिश्रमिक नपाएको पृनाका आंशिक प्राध्यापकको गुनासो :अबदेखी अनलाइन अध्यापन नगर्ने

हिमाली आवाज । पृथ्वी नारायण क्याम्पस पोखराका आंशिक प्राध्यापक पुनः आन्दोलित भएका छन् ।

आंशिक प्राध्यापकहरुलाई करार नियुक्ति गर्नुपर्ने आफूहरुको यसअघिको माग पूरा नभएको र क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले भौतिक तथा अनलाईन कक्षा अध्यापन गरे वापतको पारिश्रमिक २०७६ सालदेखि भुक्तानी नभएको भन्दै प्राध्यापकहरुले अबदेखी अनलाईन अध्यापन नगर्ने भएका हुन् ।

आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी र सचिव खिमानन्द पौडेलले आज विज्ञप्ति जारी गरी विश्वविद्यालय जस्तो शैक्षिक संस्थामा चरम आर्थिक, बौद्धिक तथा मानसिक शोषणको अन्त्य हुनुपर्ने तथा यथाशिघ्र आंशिक शिक्षकहरुलाई करारमा नियुक्ति गर्नुपर्ने माग पूरा नभएसम्म अनलाइन अध्यापन कार्य सुचारु गर्न असमर्थ रहने जनाइएको छ ।

आफ्नो पेशागत हकहित र सुरक्षाका निम्ति त्रि.वि. करार पदमा नियुक्तिको माग राखी चरणवद्ध आन्दोलनरत आंशिक प्राध्यापक संघ र त्रि.वि. द्वारा गठित वार्ता समितिबीच भएको सहमति अनुरुप आंशिक शिक्षकहरूलाई निजहरूको अनुभव, निरन्तरता, कक्षाभार, आवश्यकता र औचित्यता पुष्टि हुने गरी सम्वन्धित क्याम्पसले शिक्षण सहायक सरहको सेवासर्त सहित आन्तरीक करार गर्ने र अन्य आवश्यक संख्या त्रिविले उपलब्ध गराउने यसअघिको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयन नभएको गुनासो प्राध्यापकहरुको छ ।

गत चैत मसान्तभित्रम यसअघिको सहमति कार्यान्वयन गर्न पृथ्वीनारायण क्याम्पस, आंशिक प्राध्यापक संघ र विभिन्न विद्यार्थी संघ संगठनहरुसँग पुनःत्रिपक्षीय सहमति भएको समयसिमा समाप्त पछि पुन ः वैशाख मसान्त सम्म दिएको समयसिमाभित्र समेत क्याम्पसले आंशिक शिक्षकहरुलाई आन्तरिक रुपमा करार गर्ने विषयमा कुनै पनि प्रयास र प्रक्रिया अगाडि नवढेको दावी प्राध्यापकहरुको छ ।

Comments
Loading...