पछिल्लो २४ घण्टामा ५७६७ कोरोना संक्रमित निको भए

काठमाडौँ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरी पाँच हजार ७६७ जनाले कोरोना भाइरस संक्रमणबाट मुक्ति पाएका छन् । देशका विभिन्न अस्पतालबाट सो संख्यामा संक्रमित निको भएर घर फर्किएका हुन् ।

यसैगरी सोही अवधिमा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ ।

यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । यस्तै भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

Comments
Loading...