कोरोना परामर्शका लागि कास्कीकोट युवा सञ्जालको ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम

हिमाली आवाज । कोरोना भाइरस सङ्क्रमण बढ्दै जाँदा सर्वत्र त्रास सिर्जना भएको छ । सामान्य लक्षणका सङ्क्रमित अधिकाँस होम आइशोलेशनमा छन् भने थप उपचार आवश्यक पर्नेहरु अस्पताल भर्ना भएर उपचार गर्दै आएका छन् ।

अस्पतालमा हुनेहरुलाई चिकित्सकले प्रत्यक्ष निगरानी गर्र्ने गरेपनि घरमै बस्नेहरु चिकित्सकीय परामर्शबाट बञ्चित भएकामा पोखराका युवाहरुले उनीहरुलाई मध्यनजर गरी ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम शुरु गरेका छन् ।

पोखरा महानगरपालिका–२४ मा क्रियाशील हाम्रो कास्कीकोट युवा सञ्जालले सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा परामर्शका लागि नियमित रुपमा डाक्टरसँग सरसल्लाह कार्यक्रम सञ्चालन गरेको हो ।

कास्कीकोट स्थायी घर भई हाल विभिन्न ठाउँमा कार्यरत चिकित्सकहरुलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको हो ।

बेलुका ६ः३० बजे देखि ७ ः०० बजे सम्मको समय छुट्टयाइएको सो कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दीर्घरोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धी जिज्ञासा सिधै डाक्टरसँग राख्न सक्ने सञ्जालका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताउनुभयो ।
उहाँका अनुसार ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको नम्बरमा एसएमएस वा फोन सम्पर्क गरी आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको छ ।

डा. सन्तोष अधिकारी, डा. किरण बस्ताकोटी, डा. नवराज बस्ताकोटी र डा. असिम सुवेदी, डा. दीपक मल्ल, डा. विश्वराज बस्ताकोटी लगायतका चिकित्सकहरुले परामर्श दिँदै आउनुभएको छ ।

कोरोना सङ्क्रमित भएर घरमै आइशोलेशनमा रहेका विरामीले लाभ लिन सकुन भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने सञ्जालका संयोजक हेम सुवेदी बताउनुभयो ।

प्रत्यक्ष अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानल मार्फत हेर्न सकुन् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमहरुको भिडियो अपलोड गर्ने गरिएको र सोको जानकारी सामाजिक सञ्जाल मार्फत दिइएको संजालका प्राविधिक संयोजक इन्जिीनियर रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तलकाे जुम लिक क्लिक गर्नुहाेस https://us04web.zoom.us/j/3226003423?pwd=ZTNCbXVpUTdrVlRGZ2N2WkVvWGlsUT09

Comments
Loading...